रेस्मिका परियारको हत्यामा संलग्न आरोपमा एक किशोर पक्राउ
खोटाङ / दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे दिनुवाकी रेस्मिका सिवा परियारको हत्यामा संलग्न भएको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ ३० गते मृत फेला परेकी परियारको हत्यामा संलग्न सोही ठाउँको अन्दाजी १५–१६ वर्षीय एक किशोर बुधबार पक्राउ परेका हुन् ।
अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा ह्याकुले र रमितेडाँडाको जङ्गलमा बलात्कार पछी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई बिहीबार अदालतमा म्याद थप गरी अनुसन्धान बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
परियार ३० गते बेलुकी अबेरसम्म घर नफर्किएपछि खोज्ने क्रममा आफन्तले बाटोनेर चप्पल फेला परेको, त्यसपछि खोज्दै जाँदा २०० मिटर तल जङ्गलमा रहेको बासघारी छेउमा उनको लास फेला थियो ।
रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



