यी हुन् अलैंची खेतिबाट ३६ लाख बढी आम्दानी गर्ने खोटाङका वडाध्यक्ष राई

खोटाङ/ जनप्रतिनिधि भन्ने बितिक्कै  जनताको सेवामा अधिकांस  जनप्रतिनिधि  खर्चिएको देखिन्छ  खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका वडाध्यक्ष जेफर राई भने फरक बिचार लिएर उदारणिय काम गरिरहेका छन् ।

वडाध्यक्ष राईले निर्वाचित भएको साढे दुई वर्षपछिदेखि सरकारबाट पाउने सबै सेवा सुविधा सामाजिक काममा खर्च गर्दै आईरहेका  छन् ।  कृषिमा मेहनती  राईले यो बर्षमात्र अलैंची खेतीबाट ३६ लाखभन्दा बढी आम्दानी गरेका हुन् ।

 ३० वर्षअघि बुबाले सुरु गरेको अलैंची खेतीलाई ‘जोनिया बहुउद्देश्य कृषि फर्म’ मार्फत निरन्तरता दिँदै १२५ रोपनी जग्गामा यसको विस्तार गरेका छन्। गत वर्षभन्दा यस वर्ष अलैंचीको उत्पादन बढेको र प्रतिमन ९२ हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए। तराईबाट व्यवसायीहरू घरमै आएर अलैंची खरिद गर्ने गरेका छन्।

जिल्लाको तुलनामा हेर्ने हो भने सबै भन्दा बढी अलैंची उत्पादन गर्ने वडा सावाकटहरे मानिन्छ ।यस पटक सावाकटहरेबाट ८ करोड रुपैयाँ बराबरको अलैंची बिक्री हुने अनुमान गरिएको छ ।

खोटाङमा उत्पादन भएको अलैंची  घरान, धनकुटा, झापाको बिर्तामोड हुँदै भारत निकासी हुन्छ । जिल्लाको बास्पानी, बाँझेच्यानडाँडा, फेदी, पाथेका, बाक्सिला, ऐंसेलुखर्क, जालपा, खार्मी, चिसापानी , याम्खा,  डाँडागाउँ , छोरम्बु लगायत ठाउँमा अलैंची उत्पादन हुने गरेको छ ।