कम्युनिष्ट पार्टीको प्रदेश सदस्यमा खोटाङबाट को को अटाए

मंसिर १८ मंगलवार, २०७५
खोटाङ । नेकपाको १ नम्बर प्रदेश कमिटिमा खोटाङका १० नेता मनोनित भएका छन् । नेकपा केन्द्रीय कमिटिले सात वटै प्रदेशको कमिटिलाई टुंग्याउनेक्रममा जिल्लाबाट साबिकको एमालेबाट ६ जना र साबिकको माओबादी केन्द्रबाट ४ नेता चयन भएका छन् । मंसिर १२ गतेको नेकपा केन्द्रीय सचिवालयको बैठकको निर्णय अनुसार प्रदेश कमिटिमा साविकको एमालेबाट पिके राई, ववि चाम्लिङ, उषाकला राई, हरिकुमार पोखरेल, भीम राई र सुमन बान्तवा चयन भएका छन् ।

अधिकतम २०७ सदस्य रहने प्रावधान अनुसार साविकको माओबादी केन्द्रबाट ध्रुब बुढाथोकी, देवान चाम्लिङ, सुरेश राई र अरुणा राई प्रदेश कमिटिमा समेटिएको नेकपाले जनाएको छ । ध्रुब साबिक माओबादीका पोलिटव्यूरो र देवान केन्द्रीय आयोजक कमिटि सदस्य हुन् । सुरेश र अरुणादेबी पनि केन्द्रीय आयोजक कमिटि सदस्यको भूमीकामा थिए ।

प्रदेश कमिटिमा साविकको एमालेबाट १२२ जना र माओवादीबाट ८५ जना समेटिएका छन् ।