भट्टराई परिवारले गरे गुण–लक्ष्मी पद्मकुमारी अक्षय कोष स्थापना
खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पास्थित विद्योदय माध्यमिक विद्यालयमा दुई लाख दुई हजार दुई सय बाईस रुपैयाँको अक्षय कोष खडा गरिएको छ ।
दोर्पा निवासी एवंम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराई, उनकी जीवनसंगीनी कुमारी तथा भाई पर्शुराम र उनकी जीवनसंगीनी कल्पनाले, स्वर्गीय बुवा लक्ष्मीप्रसाद, आमा पद्मकुमारी र दाजु गुणराज भट्टराईको स्मृतिमा “गुण–लक्ष्मी पद्मकुमारी अक्षय कोष २०८२” स्थापना गरिएको हो ।
स्वर्गीय आमा पद्मकुमारी भट्टराईको वार्षिकी(२०८१ कार्तिक १६ गते निधन)को अवसरमा आइतबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष शहरमान राई, प्रधानाध्यापक पेशल आचार्यलाई नगरप्रमुख भट्टराई, उनका भाई पर्शुराम लगायत परिवारले अक्षय कोषका लागि तोकिए बमोजिमको चेक हस्तान्तरण गरेका हुन् ।
अक्षय कोषबाट आएको ब्याज रकम विद्यालयसँगको सहकार्य र निर्णयबाट पुरस्कार तथा शैक्षिक गतिविधिमा खर्च गरिने छ । अक्षय कोषलाई पूर्णता दिन नगरको कार्यविधि र बैंकको नीतिभित्र रहेर सिटीजन बैंक दिक्तेलमा केही दिनभित्रै मुद्दती खाता खोलिने जनाईएको छ ।
सबै परिवारले सोही विद्यालयबाट अध्ययन प्रारम्भ गरेको र विद्यालयमा पढि रहेका भविष्यका पुस्ता विद्यार्थीलाई कुनै न कुनै ढंगबाट शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको नगरप्रमुख भट्टराईले वताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



