स्वास्थ्य कार्यक्रमको प्रगती मूल्यांकनमा हलेसी तुवाचुङ बन्यो प्रथम
खोटाङ / खोटाङमा स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगती मूल्यांकनमा हलेसी तुवाचुङ नगरपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०८१/०८२ को जिल्ला स्तरिय स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगती मूल्यांकनमा जिल्लाका १० स्थानीयतह मध्ये हलेसी तुवाचुङ नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको हो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोश्रो र रावाबेसी गाउँपालिकाले तेश्रो स्थान प्राप्त गरेको छ। खोप कार्यक्रमको प्रगती, परिवार नियोजनको साधनको प्रयोग दर, समयमा प्रगती प्रतिबेदन उपलव्ध गराएको लगायत ए श्रेणीको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले बताए ।
अन्य सात वटा स्थानीयतह भने बि श्रेणीमा परेका छन् ।
२०७७/०७८ स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगती मूल्यांकनमा पनि हलेसी तुवाचुङ नगरपालिका प्रथम भएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



