सालपा बिकास बैंकले शेयर निष्कासन गर्ने
खोटाङ/ सालपा विकास बैंकले शेयर निस्कासन गर्ने भएको छ ।‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारासहित २०६९ साउन ३ गते दिक्तेलबजारमा स्थापना गरिएको बैंकले नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएसँगै बैंकले शेयर निष्कासन गर्ने भएको हो ।
बैंकलाई बोर्डले १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको हो। संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी दुई करोड लगानीमा स्थापना गरिएको बैंकको कूल चुक्ता पुँजी ३५ करोड पुगेपछि आईपीओका लागि बोर्डसँग बैंकले अनुमति माग गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट (ख) श्रेणिको अनुमति लिएर सञ्चालन गरिएको बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनी तोकिएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेकाको लागि दश प्रतिशत, मेच्यिुअल फन्टका लागि साँढे दुई प्रतिशत, कर्मचारीका लागि शून्य दशमव पाँच प्रतिशत र बाँकी ८७ प्रतिशत सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको जनाइएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा शाखा विस्तार गरेर सेवा प्रदान गर्दै आएको बैंकले १२ वर्षपछि मोबाइल बैङ्किङ सेवा उपलब्ध गराएको थियो । पहिलोपटक निष्कासन गर्न लागिएको शेयर प्रतिगोटा रू १ सयका दरले बिक्री गरिने भएको छ । आईपीओ खुला गरेलगत्तै विभिन्न जिल्लामा शाखा विस्तार गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिनु भयो ।
बैङ्कले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरूको व्यवसाय प्रवर्द्धनका लागि शुलभ ब्याज दरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



