कुटपिटबाट खोटाङमा एकको मृत्यु
खोटाङ / कुटपिटबाट खोटाङमा एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा सिगाने निवासी दिलकुमार भुजेलको कुटपिटबाट सोही ठाँउका ५८ बर्षिय पदम रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।
मापसे गरेका भुजेलको कुटपिटबाट रोक्काको पुस ६ गते बिहान ११ बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
कुटपिटमा संलग्न भुजेललाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



