बास बस्न आएका अपरिचित ब्यक्तिहरुबाटै लुटिए खोटाङका बृद्ध दम्पती
खोटाङ/ खोटाङमा बास बस्न आएका व्यक्तीबाटै वृद्धवृद्धा दम्पत्ती लुटिएका छन् । उदयपुर घर र थर राई बताउने दुई युवाबाट साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा झगरपुरका ज्ञानबहादुर बुढाथोकी र चन्द्रकुमारी बुढाथोकी लुटिएका हुन् ।
पुस ६ गते राती बुढाथोकी दम्पत्तीको हातखुट्टा बाँधेर पेस्तोल र खुकुरी देखाएर गरगहना र पैसा लुटपाट गरेको पीडित परिवारले बताएका छन् । बास बस्ने वाहनामा बुढाथोकी दम्पत्तीको सुनको एक तोलाको कुण्डल, गनेर राखिएको नगद १ लाख ५० हजार, नगनी राखिएको करिब ६०० रुपैयाँ र तीन थान मोबाईल लुटिएको ज्वाई लिलाबहादुर खत्रीले बताए । लुटिएकामध्ये दुई थान मोबाईल भने पुस ७ गते बारीमा भेटिएको छ ।
चिनजानका क्रममा अपरिचित व्यक्तीहरुले आफुहरु काठ ओसारपसारको काम गर्नेगरेको बताएका थिए । पुस २ गते तीन जनाको समुह बुढाथोकीको घरमा बास बस्न पुगेका थिए । पुःन पुस ६ गते राती बास माग्दै पुगेका समुहले भने लुटपाट मच्याएको हो । पुस २ गते बास बस्न आएकामध्ये एक जना भने पुस ६ गते पनि आएको बुढाथोकी परिवारको भनाई छ । पीडित परिवारले घटनाको आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पुस ७ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



