खोटाङमा स्वतन्त्र सहित १५ उम्मेदवारको मनोनयन दर्ता
खोटाङ / फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । एक वटा प्रतिनिधिसभा निर्वाचान क्षेत्र रहेको जिल्लामा १३ वटा दल र दुई स्वतन्त्र सहित १५ उम्मेदवारको मनोनयन दर्ता भएको हो ।
नेपाली कांग्रेसबाट बिरकाजी राई, नेकपा एमालेबाट देवबिक्रम राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हरि रोका, श्रम संस्कृति पार्टीबाट आरेन राई, रास्वपाबाट रुद्र गिरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईको मनोनयन दर्ता भएको छ ।
यस्तै, जसपाबाट राकेश राई, नेकपा (माओवादी)बाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङको मनोनयन दर्ता भएको हो ।
यस्तै, डा. राजकुमार राई र तिलकचन्द्र राईको स्वतन्त्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए । जिल्लामा १३ वटै दलले महिला नेतृलाई भने बेवास्ता गरेको छ ।
निर्वाचनका लागि १३६ मतदान स्थल र १९५ मतदान केन्द्र तोकिएका छन् । १० स्थानीय तह रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



