पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि नगरले पुर्यायो अस्पताल
खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि अस्पताल पुऱ्याएको छ ।
नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ३६ जनामध्ये पहिलो चरणमा १८ जनालाई उपचारका लागि अस्पताल लगिएको हो ।
शल्यक्रीयलगायतका निःशुल्क उपचार गर्ने व्यवस्था सहित बिहीबार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ ।रोग पहिचान भई सकेका बाँकी १८ जनालाई पनि उपचारका लागि चाडै उपचारका लागि लगिने नगरपालिकाले जनाएको छ।
अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलव्ध गराउनेगरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वस्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।
पाठेघर खसेर तेश्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रीया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई अस्पताल लगिएको हो । विगत तीन–चार वर्षदेखि नगरपालिकाले पाठेघर खसेका लगायत संवेदनशील प्रजनन स्वास्थ्य समस्याबाट पीडित महिलाहरूलाई निरन्तर सहयोग गर्दै आएको छ।
समाजमा लाज, डर र अज्ञानताका कारण धेरैजसो महिलाहरूले आफ्नो समस्या लुकाएर बस्न बाध्य हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले गाउँ–टोल–बस्तीस्तरमै पुगेर स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको थियो।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



