खोटाङमा सुमो दुर्घटना भुटानी नागरिक सहित तीन जना घाइते
खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । माघ २० गते केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन यात्रु घाइते भएका हुन् ।
मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएको सुमो सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय वृद्धा कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।
भुटानी नागरिक कार्दुङको टाउको र जोशीको काँधमा भित्री चोट लागेको छ । उनीहरु हलेसीमा दर्शन गरेर फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । हाल घाइतेहरुको अवस्था सामान्य छ ।
सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का ३७ वर्षीय बुद्धमान श्रेष्ठलाई प्रहरीचौकी च्यास्मीटारले नियन्त्रणमा लिएको जनाईएको छ ।सुमोमा सात यात्रु सवार थिए । चार जना भने सकुशल छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



