सडक मर्मत गर्ने क्रममा ढुंगाले लागेर एक वृद्धको मृत्यु 

खोटाङ / सडक मर्मत गर्ने क्रममा ढुंगाले लागेर एक वृद्धको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार धाराखोलाका ७१ वर्षीय बल बहादुर राईको मृत्यु भएको हो । च्यास्मिटारको दाल्फुस्थित भित्री सडकखण्डमा ना १ क ७३४७ नम्बर(टेक बहादुर राई)को जेसीबीले सडक मर्मत गर्ने क्रममा खसेको ढुंगाले करिब चार सय मिटर तल पैदल हिडिरहेका राईको टाउकोमा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

दिउँसो १ बजेर २० मिनेटमा ढुंगा टाउकोमा खसेर राईको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।  जेसीबीसहित चालक उदयपुर ताप्ली गाउँपालिका–२ लेखगाउँका २६ वर्षीय केवल मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।