खोटाङमा एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटना हुँदा एक जना घाईते 

खोटाङ /  खोटाङमा  एयर डाइनेस्टीको हेलिकप्टर  दुर्घटनामा परेको छ । एयर डाइनेस्टिको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटना भएको हो । बारीमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सुरुमा बारीको डिलमा ल्याड भएको हेलिकप्टर उठाएर बीचमा लान खोज्दा दुर्घटना भएको बताइएको छ । चालक सविन थापासहित ६ जना सवार रहेको हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजि बहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश बुढाथोकीले बताए ।

घाइते राईलाई अर्को हेलिकप्टर मगाएर काठमाडौँ उपचारको लागि लगिएको प्रनाउ थापाको भनाइ छ ।