दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चितता नगर घोषणा
खोटाङ /खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगरप्रमुख तीर्थराज भट्टराईले गमलामा पानी हालेर तथा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर नगरपालिकालाई बिहिबार पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन् ।
राष्ट्रिय खोप तालिका अनुसार नगरका १५ ओटै वडाका खोप लगाउने उमेर समूहका ३ सय ४७ जना बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले जानकारी दिए ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक आचार्यले बताए ।
यस्तै, नगरपालिकाभित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको हो ।
यस्तै, आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
आ.व ८२/८३ मा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने दिक्तेल नगरपालिका जिल्लाकै पहिलो नगरपालिका हो ।
अरु बाकी रहेका ९ स्थानीय तहले घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुल बहादुर पौडेलले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



