टेवा नेपालको आर्थिक सहयोगमा तीन दिने फोहोर व्यवस्थापन तालिम सुरु
खोटाङ/ खोटाङको दिक्तेलमा तीन दिने फोहोर व्यवस्थापन तालिम सुरु भएको छ। टेवा नेपाल, ललितपुरको आर्थिक सहयोग तथा सृष्टिमाता महिला समाज नेपालको आयोजनामा दिक्तेलस्थित शुभदिन होटलमा आइतबारदेखि फोहोर व्यवस्थापन तालिम शुरू भएको हो।
तालिममा सृष्टिमाता महिला समाज नेपालका सदस्य तथा दिक्तेल बजारका विभिन्न टोल विकास समितिका प्रतिनिधिसहित ३४ जनाको सहभागिता रहेको संस्थाकी सचिव सविता कार्कीले जानकारी दिईन।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष युवराज रिजालले फोहोर व्यवस्थापनलाई केवल सरसफाइको विषयका रूपमा मात्र नभई जनस्वास्थ्य, वातावरण संरक्षण र दिगो विकाससँग प्रत्यक्ष जोडिएको अभियानका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।उनले प्रभावकारी फोहोर व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
विशेष अतिथि तथा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले स्वच्छ र व्यवस्थित बजार निर्माणका लागि व्यवसायी, स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
उनले फोहोर व्यवस्थापनलाई व्यवहारमा उतार्न सके वातावरणीय सुधारसँगै पर्यटन प्रवर्द्धन र व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङकी उपसभापति डिल्लीकुमारी आचार्यले यस्ता तालिमबाट ज्ञान, सीप र क्षमता अभिवृद्धि भई समुदायमा स्वच्छ, स्वस्थ तथा वातावरणमैत्री जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।
संस्थाकी सहसचिव विपना थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान नगरप्रमुख दिपनारायण रिजाल, नेपाल पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष दिलीप खत्री, नगर कार्यपालिका सदस्य मीना कार्की, सम्पूर्ण टोल विकास समितिको तर्फबाट आशिष थापा लगायतले फोहोर व्यवस्थापनमा समुदायको भूमिका, महिला नेतृत्वको आवश्यकता र वातावरणीय सचेतनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
आयोजकका अनुसार तालिममा फोहोरको स्रोतमै वर्गीकरण, जैविक तथा अजैविक फोहोर व्यवस्थापन, कम्पोस्ट मल उत्पादन, पुनःप्रयोग तथा पुनर्चक्रण, फोहोरबाट आम्दानीका सम्भावना, घरायसी तथा सामुदायिक सरसफाइ, सरसफाइ नीति तथा समुदायको नेतृत्व लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।
तालिमको सहजीकरण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान नगरप्रमुख दिपनारायण रिजाल, गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष युवराज रिजाल तथा बाल सेवा समाज नेपाल खोटाङकी अध्यक्ष चन्द्रकला भुजेल लगायतले गरिरहेको संस्थाकी सहसचिव थापाले बताईन ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



