गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत छितापोखरिको २६ जना कृषकले पाए हिलटेक 

खोटाङ / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं ६ छितापोखरीमा गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत २६ घर परिवारका नागरिकहरूलाई  हिलटेंक बितरण गरेको छ ।

बिहिवार वडा कार्यालयमा  वडा भित्रको  गरिब घर परिवार कृषकलाई ५०० लिटरको हिलटेक वितरण गरेको हो ।

गरिबसङ्ग विश्वेश्वर कार्यक्रम अन्तर्गत एक लाख पचासी हजार लागतमा खरिद गरि बितरण गरिएको वडाध्यक्ष मिलन राईले बताउनु भयो ।

पानीको स्रोत भएपनि जम्मा गर्ने पानीट्यान्की नहुँदा कृषकलाई खोर्सानी तथा  तरकारी स्याउ किविको खेती गर्न समस्या हुने गरेको थियो । वडा भित्रको नागरिकलाई सानो सानो योजना दिएर  भए पनि आत्मानिर्भर बनाउने उदेश्य राखिएको वडाध्यक्ष  राईको भनाई छ ।

७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा गरिबसङ्ग बिश्वेश्बर कार्यक्रम छितापोखरी वडाले मात्र संचालन गरिरहेको वडा सचिब सुबास राईले बताउनु भयो । गत आर्थिक वर्षमा ३६  गरिब घर परिवारलाई हिलटेंक बितरण वडा कार्यालय छितापोखरिले जनाएको छ ।

हिलटेक पाएपछी पानी बाल्टिमा बोकेर खोर्सानी तरकारी खेती लाउन पर्ने बाध्यताको अन्त्य भएको एक कृषक दुर्गा बहादुर थापाले बताउनु भयो । पानीको स्रोत भए पनि हिलटेक नहुदा  बाल्टिमा पानी बोकेर  खोर्सानी र  तरकारी खेती गर्दै आएका थापाले बार्षिक  ५० हजार देखि ६० हजारको हाराहारीमा खोर्सानीबाट आम्दानी हुने गरेको उहाको भनाई छ । हिलटेक पाएपछी खु:शि ब्यक्त गर्दै  तरकारी खेती गरिरहेको कृषकलाई भने  ठूलो राहत मिलेको कृषक सुबास भुजेलले बताए ।