पश्चिम पोखरामा भएको नृत्य संग्राम सिजन 2 को बिजेता खोटाङको लाजिमा राईलाई 

खोटाङ / पश्चिम पोखरामा चलिरहेको नृत्य संग्राम सिजन 2 को बिजेता लाजिमा राईले चुमेकी छिन् ।

खोटाङ बाट प्रतिनिधित्व गर्दै नृत्य प्रतियोगिता सहभागी भएकी राईले शनिबार भएको फाईनल लिष्ट प्रतियोगितामा उपाधी चुमेकि हुन् ।

राईले ७० हजार नगदको साथमा ट्रफी प्रमाणपत्र प्राप्त गरेकि छिन् । जन्तेढुङ्गा गाउँपालिका-३ बोपुङमा जन्मिएकि राई कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२५ को उपबिजेता,उदयपुरको  बेल्टारमा भएको उदयपुर डान्स च्याम्पियन सिजन  2  को बिजेता  बनिसकेकी छिन् । नृत्यमा धेरै रुचि राखेकी उनले भबिश्य यसैमा देखेको बताउछिन् । जिल्ला हुँदै पुर्व देखि पश्चिम सम्म  विभिन्न प्रतियोगीतामा सहभागी भइ आफ्नो नृत्य प्रस्तुत गर्दै आईरहेकी छिन् ।