गाउँपालिका प्रमुखको राजीनामा माग
मंसिर १९ बुधवार, २०७५
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुखमाथि नैतिक र चारित्रिक प्रश्न उठाउँदै प्रतिपक्षले राजिनामा माग गरेको छ । नैतिक र चारित्रिक प्रश्न उठाउँदै प्रतिपक्षका रुपमा रहेको कांग्रेसको छायाँ सरकारले गाउँपालिका प्रमुख शंकर राईको राजिनामा माग गरेको हो ।
गत मंसिर १० गते सम्पर्क बिहिन भएका गाउँपालिका प्रमुख दोश्रो दिन शंकास्पद अवस्थामा भेटिएपछि नैतिक र चारित्रिक प्रश्न उठाउनु परेको स्थानीय छायाँ सरकार जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष एबं कांग्रेस प्रशिक्षण विभाग खोटाङका सदस्य खेम खड्काले बताए । ‘नैतिक र चरित्र निजी जीवन हो,’ छायाँ सरकारले बुधबार प्रकाशित गरेको विज्ञाप्तिमा भनिएको छ, ‘तर सार्वजनिक पद धारण गरेको व्यक्ति सो अवधिसम्म निजी बन्न सक्दैन ।’
कांग्रेसको छायाँ सरकारले पद त्याग्नका लागि गाउँपालिका प्रमुख र संवद्ध दललाई आग्रह गरेको छ । राई सम्पर्क बिहिन भएपछि आफन्तले खोजीका लागि मंसिर ११ गते प्रहरीलाई खबर गरेका थिए ।
घटनाका विषयमा कांग्रेस क्षेत्र नम्बर २ का सभापति तीर्थराज भट्टराईले पनि मंसिर १२ गते विज्ञाप्तिमार्फत कानूनी कारबाहीको माग गरेका थिए । नैतिक र चारित्रिक प्रश्न उठेपछि गाउँपालिका प्रमुख राई उसबेलादेखि नै कार्यालयमा अनुपस्थित छन् ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



