सिंहदरबारको भ्रष्टाचार गाउँमा नल्याऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
मंसिर २० बिहिवार, २०७५
खोटाङ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सिंहदरबारको भ्रष्टाचार रुपी रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई बिहिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले सिंहदरबारको अधिकार पु¥याउनुपर्नेमा भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आइरहेको उल्लेख गरे ।
‘सिंहदरबारचैं गाउँमा पु¥याउने भनेको तर कतिपय अवस्थामा सिंहदरबारमा थुप्रिएर–गुम्सिएर रहेको भ्रष्टाचार गाउँमा गयो भन्ने छ । त्यो रोग चैं नल्याउनुहोला । राम्रो कुरा सिक्ने हो । नराम्रा कुरा सिक्ने होईन,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘हिजो सिंहदरबारका बन्द कोठामा राजा महाराजाको पालामा जुन भ्रष्टाचार र विभिन्न खालमा अपराध भए । अव हामी पनि सानो राना महाराजा भइयो भन्न थालियो भने हामी जनप्रतिनिधि बन्दैनौँ ।’
पूर्वप्रधानमन्त्री डा. भट्टराईले मुलुकको संघीयतालाई असफल पार्नका लागि हाल संघीयता विरोधी समुहले स्थानीय तहमा मनपरी भइरहेको, मनलाग्दो कर असुल गरिरहेको’ भन्दै संघीयताप्रति नकरात्मक प्रचार गरिरहेकोतर्फ सचेत रहन आव्हान गरे । उनले संघीयतालाई असफल बनाउने संघीयता विरोधीको बाहनालाई बल पु¥याउने कमजोरी गर्न नहुनेमा सतर्क रहन हरेक जनप्रनिधिलाई आग्रह गरे ।
‘स्थानीय तहले त्यस्तो उत्पात गरेजस्तो लाग्दैन । दुरुपयोग त केन्द्रमा पनि छ । संघीयता र स्थानीय तह भनेको भर्खर जन्मेको बच्चा हो,’ भट्टराईले भने, ‘फोहोर ग¥यो भन्दैमा नानीलाई फ्याक्दिने होईन, सफा गरेर जानुपर्छ ।तर, त्यही बाहनामा संघीयतालाई नै फाल्दिने जालमा फस्नु हुँदैन ।’ जनप्रतिनिधिको कमजोरीका कारण संघीयता विरोधीलाई संघीयता मास्ने बाहना मिल्यो भने गम्भीर त्रुटि हुने भट्टराईको भनाई थियो ।डा. भट्टराईले संघीयतालाई स्वीकार गर्न नमान्ने पंक्तिका कारण निर्वाचनअघि कानून निर्माण हुन नसकेको र स्पष्ट कानून अभावमा हाल स्थानीय तह सञ्चालनमा कानूनी जटिलता आइपरेको बताए ।
‘सबै मान्छे संघीयताको पक्षमा थिएनन् । कतिपय मान्छे आवश्यकताले तानेर मात्रै आएका थिए । मनभित्र संघीयता मन परेको थिएन । तर, देश संघीयतामा जाने नै भो भने पछिपर्ने भइयो भनेर मुखले हुन्छ–हुन्छ संघीयता मान्दिन्छौँ भने । तर, भित्र संघीयताको मर्म बुझेका थिएनन्, पचाएका थिएनन् । आत्माले स्वीकार पनि गरेका थिएनन्,’ भट्टराईले भने, ‘त्यसमै आलटाल हुँदै जाँदा निर्वाचन अगाडि कानून बनेनन । त्यही पनि हामीले हिम्मत हार्न हुँदैन । हामीले नपाएको अधिकार बल्ल–बल्ल लडेर ल्याएका छौँ । हामीले नयाँ प्रयोग गर्दैछौँ । त्यसको ठीक ढंगले प्रयोग गर्न नजानेर लड्न पनि सक्छौँ । गल्ती गरेर भएपनि सिक्दै भएपनि यसलाई अघि बढाउनुपर्छ ।’ डा. भट्टराईले संविधानमै किटान गरिएका अधिकारलाई कमजोर पार्न खोजिए रक्षामा उभिएर लोकतन्त्र संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा कृषि विज्ञ मदन राईले जिल्लाको समृद्धिका लागि अर्गानिक कृषि प्रणालीलाई प्रर्वधन गर्न जोड दिए । हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले त्रिधार्मिकस्थल हलेसी मन्दिर र नगरपालिकाको समग्र विकासका लागि पहल गरी दिन आग्रह गरिन ।
डा. भट्टराईसँग नगरपालिकाले हलेसीको गुरुयोजना र मन्दिरभित्रको संरचनाको विषयमा छलफल गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
बिशेष नगरसभालाई सम्बोधन पछि डा. भट्टराईले किरात समुदायको उद्गम थलोका रुपमा रहेको तुवाचुङ जायजुमको अवलोकन गरेका छन् । हलेसीको सम्भाव्यता बारे अध्ययन, तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अवलोकन, कार्यकर्ता भेटघाट लगायतका कार्यक्रम लिएर डा. भट्टराई बुधबार साँझ पाँच दिनका लागि खोटाङ आएका हुन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



