असल नेता नहुदा देश डुब्यो : नेता गुरुङ्
स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले असल नेता नपाउदा देशको अवस्था नाजुक हुदै गएको बताएका छन् । वालिङ जेसिजको १६ र्औ साधरणसभा तथा १५ औं अधिवेशनको वालिङमा उदघाटन गर्दै नेता गुरुङ्ले असल नेता नहुन्जेल देश नबन्ने बताएका हुन् ।
भष्ट्रचार गर्नेहरु नेता बन्ने परिपाटी बस्यो देशमा नेता गुरुङ्ले भने,“जव सम्म भष्ट्र नेताहरुलाई नेपालीले बहिष्कार गर्दैनन् तव सम्म मुलुकको हालत यस्तै रहनेछ ।” भष्ट्रचार गर्ने नेतालाई माला र खादाले स्वागत गर्ने बानीले नेपालीले दुःख पाईरहने जिकिर गुरुङ्को थियो ।
संविधान सभाका सदस्य समेत रहेका गुरुङ्ले नेतृत्वमा विश्वास, इमान्दारीता र विकास प्रति चासो नदेखाउदा नेपाली जनताले अपेक्षा गरे अनुसारको काम हुन नसकेको बताए । एज र एजेण्डा भएका नेताको अव खाँचो देखियो मुलुकमा नेता गुरुङ्ले भने,“७० काटेका नेताहरुले अव आराम लिदा हुन्छ र देश युवाको काधमा सुम्पिनुपर्छ ।” नेतामा बदलिने अवस्था देखिएन त्यसैले बदलिन नसक्ने नेताले मुलुकको हितमा काम गर्न सक्दैनन् उनले भने । अर्को बदलियो कि बदलिएन भन्ने होइन् नेता गुरुङ्ले ७० काटेका नेताहरुलाई इङिकत गर्दै घुमाउरो पारबाट भने, सबै भन्दा पहिला आफैबाट बदलिन सक्नु पर्छ । तव मात्र समाज, देश र जनताको हितमा काम हुन सक्छ ।
जेसिज नेतृत्व सिकाउने संस्था भएकाले जेसिजबाट पनि सिक्नु जरुरी रहेको नेता गुरुङ्को भनाई थियो । अव विनास होइन विकास खोज्ने बेला आएको छ नेता गुरुङ्ले भने,“बदलाको सट्टा बदला होइन सबै आफैबाट बदलिन सिक्नुपर्छ ।” आशा भए उज्यालो सपना देख्न सकिन्छ निराशा भए अध्यारो सपना देख्न सकिन्छ नेता गुरुङ्ले भने हामी निराशामा होईन आशामा विश्वास गर्ने नेताको खोजीमा छौं ।
हामीले भाषणबाट नेपाली जनतालाई धेरै सपना बाड्यौ तर सपना देखाउन सकेनौ नेता गुरुङ्ले भने,“अव पनि भाषण गरेर नेपाली जनतालाई झुक्याउन पाईदैन ।” लामो संघर्षले ल्याएको गणतन्त्रमा पनि नेपाली जनताको सपना पुरा भएन भने राजनीतिकदलहरुले सन्यास लिनु बाहेक केही हुने छैन उनले भने । दुईतिहाईबाट बनेको सरकारबाटले जनअपेक्षा अनुसारको काम गर्न नसकेको आरोप गुरुङ्ले लगाए ।
उदघाटन कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्याल, वालिङ नगर उपप्रमुख कल्पना तिवारी, वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, नेपाल जेसिजका राष्टिय उपाध्यक्ष अमृत अर्याल, जेसिजका अध्यक्ष लक्ष्मण अधिकारी, महासचिव महेश रेग्मी लगायतका बक्ताहरुले नेपाली नेताहरुले जेसिजको नेतृत्व र विकास सिक्नुपर्ने धारणा राखेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



