श्रम शक्ति बेचेर समृद्धि आउँदैन : नेता केसी
गलकोट / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाको श्रमशक्ति विदेशमा बेचेर समृद्धि नआउने बताएका छन् । बागलुङ जिल्लाको गलकोटमा आज आयोजित राष्ट्रिय जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले देशका कर्णधार युवा शक्तिलाई सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका योजना ल्याउनुपर्ने बताए ।
राणा, पञ्चायत र राजतन्त्र फालेर आएको लोकतन्त्रले पनि जनताका समस्या समाधान गर्न नसकेको भन्दै अहिलेको सरकारले युवा स्वरोजगार लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । नेता केसीले सरकारले एकाधिकार, भ्रष्टाचारविरुद्धको अभियान थालेपनि टुङ्गोमा पु¥याउन नसकेको आरोप लगाउँदै नेपालमा विदेशी हस्तक्षेप हाबी भएकाले आफ्नो पार्टीले यसको प्रतिवाद गर्ने बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



