गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यात्रा
मंसिर २४ सोमवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यात्राको व्यवस्था मिलाएको छ । बृद्धबृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्रकै सडक यात्राकाक्रममा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाएको हो ।
ज्येष्ठ नागरिकको सहजयात्राका लागि आगामी पुस १ गतेदेखि लागू हुनेगरी दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रालिबीचमा शनिबार सम्झौता भएको छ । गाउँपालिका प्रमुख भूपेन्द्र राईको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल र खोटाङ यातायात प्रालिका कोषाध्यक्ष गोविन्दबहादुर कट्वालबीचमा ज्येष्ठ नागरिक निःशुल्क यात्राका लागि सहमती भएको हो ।
गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको टिकटको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भूक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिक रुपमा भूक्तान दिने, सम्झौता बार्षिक रुपमा नविकरण गर्ने लगायतका सम्झौता भएको छ ।
दिक्तेल र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजार सडक खण्डमा २०७४ साल पुस ३० गतेदेखि यात्रुबाहक सवारी साधन आवतजावत गर्न थालेपछि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।
गाउँपालिकाभित्रका बृद्धबृद्धालाई निशुल्क सडक यात्राको व्यवस्थाका लागि गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले निःशुल्क यातायात सेवा सुरु गर्न लागेको हो ।
‘निशुल्क यातायात सेवा गाउँपालिकाभित्रका बृद्धबृद्धाका लागि मात्र हो । यो सेवा गाउँपालिकाभित्रका सडक यात्राकाक्रममा मात्र लागू हुन्छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘बृद्धबृद्धाको साथमा भएको टिकटको आधारमा सवारी साधनमा टिकट काट्ने र सोही टिकको ओसी गाउँपालिकामा पेश गरेपछि भाडा भुक्तानी गर्ने यातायात व्यवसायीसँग सहमती भएको छ ।’ ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राका लागि उनीहरुको तथ्यांक संकलन गरिने गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



