खिदिमामा टेलीफोन सेवा विस्तार
पुस १ आइतवार, २०७५
खोटाङ । टावर निर्माणको काम सम्पन्न भएपछि खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा पहिलोपल्ट टेलीफोन सेवा विस्तार भएको छ । खिदिमास्थित च्यानडाँडामा नेपाल टेलीकमको टावर निर्माणको काम सम्पन्न भएपछि आईतबारदेखि खिदिमामा एनटिसी फोनको पहुँच विस्तार भएको हो । हालसम्म एनटिसी र स्काई मोबाईल नचल्ने समस्या रहेको खिदिमामा फोन चल्न थालेपछि ४१६ घर परिवार लाभान्वित भएका खिदिमाका वडाध्यक्ष मणीकुमार राईले बताए ।
खिदिमामा पहिलोपल्ट फोन सेवा विस्तार भएकामा वडा कार्यालय खिदिमाले आफ्नो गाउँमा टावर निर्माणकाक्रममा श्रमदान गर्ने स्थानीयलाई विज्ञप्तिमार्फत धन्यबाद ज्ञापन गरेको छ । फोन सेवा विस्तारका लागि स्थानीयले गाउँभन्दा २ किलोमिटरमाथि डाँडामा रहेको टावरको उपकरण ओसार्न श्रमदान गरेका थिए । टावर नटिप्ने भएपछि कतिपय स्थानीयले घरमा एन्टेनासहितको स्काई फोन जडान गरेर सेवा लिँदै आएका थिए ।
खिदिमामा टावर ठडिएको लामो समयपछि फोन सेवा सुरु भएको हो । टावर निर्माणको कामलाई पूर्णता दिनका लागि पटक–पटक आग्रह गर्दा पनि टेलीकमले ढिलागरी कामलाई पूर्णता दिएको स्थानीयको गुनासो छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



