नगरपालिका वडास्तरिय भलिबल प्रतियोगीता सञ्चालन हुने

पुस २ सोमवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रथम नगरपालिका वडास्तरिय भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ । खेलकुदको व्यवसायिक विकासको लक्ष्यकासाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सक्रिय विकास मञ्च नेपालको आयोजनामा प्रथम नगरपालिका वडास्तरिय भलिबल प्रतियोगीता सञ्चालन हुने भएको हो ।

आयोजक सक्रिय विकास मञ्चले सोमबार दिक्तेलको बिजय होटलमा पत्रकार सम्मेलन गरेर आगामी पुस ७ गतेदेखि ९ गतेसम्म नगरपालिका वडास्तरिय पुरुष भलिबल प्रतियोगीता सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । नगरका १५ वडा र आयोजक टिमको प्रतिष्पर्धा हुने प्रतियोगीताका बिजेताले नगद ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३ र दुई सेमीफाइनलिष्ट टिमले १५ हजार १५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सक्रिय विकास मञ्चका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट टिम कोच र अनुशासित टिमलाई छुट्टाछुट्टै ३ हजार ३३३ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको छ । प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित डाँडागाउँ साकेला थानमा सञ्चालन हुने छ ।

करिब ५ लाखमा सम्पन्न हुने प्रतियोगीताका लागि नगरपालिकाले १ लाख ५५ हजार, वडा कार्यालयले ५० हजार उपलव्ध गराएको प्रतियोगीताका संयोजक सुवर्ण राईले बताए ।