मानसिक समस्याबाट पीडित महिलाको उपचार गर्ने जिम्मा लियो गाउँपालिकाले
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मानसिक समस्याबाट पीडित महिलाको उपचार गर्ने जिम्मा लिएको छ । मानसिक समस्या देखिएपछि केही महिना अघिदेखि खोरमा थुनेर राखिएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बासथलाकी ३३ वर्षीया रमिला तामाङलाई गाउँपालिकाको पहलमा उपचारका लागि काठ्माण्डौं पठाइएको छ । आर्थिक अभावका कारण हाल पशुलाई सरह खोरमा राखिएकी तामाङलाई गाउँपालिका प्रमुख भूपेन्द्र राईले मंगलबार खोरबाट उद्धार गरी उपचारका लागि काठ्माण्डौं पठाएका हुन । तत्काल उनका श्रीमान मणिकुमार तामाङलाई अस्पतालसम्म पु¥याउनका लागि १० हजार प्रदान गरेर उपचारमा पठाइएको गाउँपालिका प्रमुख राईले बताए ।
गीत गाउने, नाच्ने, मन लाग्दो गर्ने, थालबटुका फाल्ने, खुकुरी बोक्ने, बस्तुबाख्रा फुकाइदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने लगायतका अस्वभाविक क्रियाकलाप देखाइरहेपछि आफन्तले उनलाई खोरमा थुनेर राखेका थिए । २०७४ साल असार ७ गते टाउको दुखेको बताएकी रमिलामा अस्वभाविक समस्या देखिन थालेको स्थानीयले बताएका छन् । रमिलाको उपचारकाक्रममा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले नै बेहोर्ने गरी उपचारमा पठाइएको गाउँपालिका प्रमुख राईले बताए । केही समयअघि उपचारका लागि गत मंसिरमा धरानमा लगिए पनि स्वास्थ्य समस्या हल नभएपछि उनलाई घरैमा फर्काइएको आफन्तको भनाई छ ।
रमिलालाई पशुलाई सरह खोरमा थुनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको अवस्थामा गाउँपालिकाले उपचार गर्ने जिम्मा लिएको हो । उनका एक छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई सुविधा सम्पन्न अस्पतालमा पु¥याउन नसकिएको परिवारले बताएका छन् ।
Khotangtoday Online Tv
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



