गुप्तेश्वर महादेब संरक्षणको अभावमा ओझेलमा
पुस ४ बुधवार, २०७५
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा रहेको गुप्तेश्वर महादेब संरक्षणको अभावमा ओझेलमा परेको छ । संरक्षण र प्रचार–प्रसारको अभावमा धार्मिक तथा पर्यटकीयस्थल गुप्तेश्वर महादेव ओझेलमा परेको हो ।
विशाल गोलाकार ढुंगा रहेको गुप्तेश्वर महादेव संरक्षणका लागि २०४४ सालमा पूर्वप्रधानपञ्च प्रेमबहादुर महाराजीको पहलमा ४ हजार ५ सयको खर्चमा बनाइएको प्रबेशद्धार र संरक्षण पर्खाल हाल जिर्ण बनिसकेको छ ।
बीच भागमा नागको आकृति देखिने गोलाकार ढुंगा रहेको गुप्तेश्वर महादेवको अस्तित्व संकटमा पर्दै गएपनि संरक्षणमा कसैको चासो पुग्न सकेको छैन । स्थानीय सरकारको समेत यसमा ध्यान पुग्न सकेको छैन । सदरमुकाम दिक्तेलबाट ९२ किलोमिटर, भोजपुरबाट ५२ किलोमिटर र उदयपुरको बेलटारबाट करिब ७० किलोमिटर दुरीमा पर्ने गुप्तेश्वर महादेव स्थानमा बाला चतुर्दशी र शिवरात्रीमा मेला लाग्ने गरेको छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुप्तेश्वर महादेवमा मृत बाबुआमाको सम्झनामा सतविज छर्ने र रुद्रीपाठ गर्ने प्रचन यथावत छ । निसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वासका साथ गुप्तेश्वर महादेवमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । अनौठो आकृतिको गोलाकार ढुंगाको एकापट्टिको छेउ चट्याङका कारण टुक्रिएको स्थानीय दिपेश खड्काले बताए ।
विभिन्न जातजातीको बसोबास रहेको लिकुवापोखरीमा रहेको गुप्तेश्वर महादेवलाई संरक्षण, संबद्र्धन र प्रवद्र्धन गर्न सके आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै आर्थिक उन्नति गर्न सकिने स्थानीयको भनाई छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



