विजुली वत्ती बलेपछि स्थानीयमा खुशीयाली
पुस ४ बुधवार, २०७५
खोटाङ । खोटाङको दिपु्रङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा विद्युत प्रशारणलाईन विस्तार गरिएको छ । सामुदायिक विद्युतीकरणको लगानीमा सप्तेश्वर छितापोखरी सामुदायिक ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड र गाउँपालिकाको सहकार्यमा विद्युत विस्तारको काम गरिएको हो ।
सबै वडालाई उज्यालो बनाउने अभियानकाक्रममा गाउँपालिका प्रमुख भूपेन्द्र राई र उपप्रमुख सपना राईले संयूक्त रुपमा विद्युत विस्तार आयोजनाको बुधवार उद्घाटन गरेका हुन् ।
चार सय ४३ घरधुरी रहेको वडामा २ सय ९ घरधुरीमा विद्युत सञ्चालनमा आएको सप्तेश्वर छितापोखरी सामुदायिक ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष छत्रकुमार खड्का (कवित) ले बताए । बाँकी घरमा हाउस वायरिङको काम भईरहेको र लाईन पुगेका केही स्थानमा रुखहरु फडाँनी ‐बुस कटिङ) गर्नुपर्ने भएकाले चाडै विद्युत सञ्चालनमा ल्याइने जनाइएको छ ।
टुकी तथा सोलार वत्ती बाल्दै आएका स्थानीयको घरमा विजुली वत्ती बलेपछि खुशीयाली छाएको छ । विजुली वत्ती बलेपछि स्थानीयलाई दैनिक कामकाज गर्नमा समेत सहजता आउने अनुमान गरिएको छ ।
हालसम्म दिपु्रङ चुइचुम्मा गाउँपालिका–४ बतासे, साविकको टेम्मा–४, साविकको छितापोखरीका तीन वडामा विद्युत विस्तार गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



