गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण
पुस ४ बुधवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यात्राको लागि परिचयपत्र वितरण शुरु गरेको छ । बृद्धबृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्रकै सडक यात्राकाक्रममा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाएपछि परिचयपत्र वितरण शुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले बुधवार दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ सप्तेश्वर छितापोखरीका जेष्ठ नागरिक डिल्लीबहादुर थापालाई परिचयपत्र प्रदान गरेर शुरु गरेको गाउँपालिकाले जनाएको छ । पालिकाले पहिलो दिन ७१ जनालाई परिचयपत्र प्रदान गरेको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रालिबीचमा सम्झौता गरी पुस १ गतेदेखि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निशुल्क सडक यात्राको व्यवस्था मिलाएको हो ।
गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई निशुल्क यातायात उल्लेख भएको टिकटको व्यवस्था गर्ने, निशुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भूक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भूक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिक रुपमा भूक्तान दिने, सम्झौता बार्षिक रुपमा नविकरण गर्ने लगायतका सम्झौता भएको छ ।
दिक्तेल र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजार सडक खण्डमा २०७४ साल पुस ३० गतेदेखि यात्रुबाहक सवारी साधन आवतजावत गर्न थालेपछि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निशुल्क यात्राको व्यवस्था मिलाइएको गाउँपालिका उपप्रमुख सपना राईले बताए ।
गाउँपालिकाभित्रका बृद्धबृद्धालाई निशुल्क सडक यात्राको व्यवस्थाका लागि गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले निशुल्क यातायात सेवा सुरु गरेको हो ।
‘निशुल्क यातायात सेवा गाउँपालिकाभित्रका बृद्धबृद्धाका लागि मात्र हो । यो सेवा गाउँपालिकाभित्रका सडक यात्राकाक्रममा मात्र लागू हुन्छ,’ गाउँपालिका यपप्रमुख राईले भनिन्, ‘बृद्धबृद्धाको साथमा भएको टिकटको आधारमा सवारी साधनमा टिकट काट्ने र सोही टिकको ओसी गाउँपालिकामा पेश गरेपछि भाडा भूक्तानी गर्ने यातायात व्यवसायीसँग सहमती भएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



