जिल्ला प्रहरी कार्यालय खोटाङद्धारा अस्पताल सरसफाई
पुस ५ बिहिवार, २०७५
खोटाङ । जिल्ला अस्पताल दिक्तेलमा सरसफाई गरिएको छ । अस्पताललाई स्वच्छ, सफा, हराभरा र व्यवस्थित बनाउनका लागि बिहिवार बिहान सरसफाई गरिएको हो । अस्पताल परिषरभित्र फ्याकिएका प्लाष्टिक, कागज, झारपातलगायत अन्य फोहोर मैलाहरु हटाएर सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । सरसफाईका क्रममा जम्मा भएको फोहोरलाई तत्काल डढाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजनामा गरिएको सरसफाई कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी” १ दिक्तेल वडा कार्यालय, सामुदायिक सेवा केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी लगायतको सहभागितामा अस्पताल परिषर सरसफाई गरिएको हो ।


Khotangtoday Online Tv
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



