बराहपोखरी गाउँपालिकाको २० वर्षे आवधिक गुरुयोजना निर्माण शुरु
पुस ६ शुक्रवार, २०७५
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाले २० वर्षे आवधिक गुरुयोजना निर्माणको काम शुरु गरेकोे छ । ‘सभ्य र समृद्ध बराहपोखरी गाउँपालिकाको मूल आधार’ भन्ने नाराका साथ गाउँपालिकाको आर्थिक सहयोग तथा स्कोलर नेपाल कान्सलट्यान्ट काठमाडौंको प्राविधिक सहयोगमा गाउँपालिकास्तरीय गुरुयोजना निर्माणको काम मंगलवारबाट शुरु गरिएको हो ।
गाउँपालिकाको दिर्घकालिन सोंचका लागि कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तीन महिनाभित्र गाउँपालिकाको गुरुयोजना निर्माण गर्न जिम्मा दिइएको प्रमुख प्रशासकिय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिए । उक्त कान्सलट्यान्ट प्रालिले यसअघि ४० भन्दा बढि स्थानीय तहको आवधिक गुरुयोजना निर्माण गरिसकेको जनाइएको छ ।
यस्तै, सुप्रिम डेभलपमेन्ट कन्सल्ट्यान्ट, काठमाडौंको सहयोगमा गाउँपालिकास्तरीय पार्षवचित्र निर्माण कार्य पनि सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषिलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको आवधिक योजनामा बराहपोखरी गाउँपालिकामा रहेका बराहपोखरी ताल, सुनपत्ताल, घोप्टेथलो, गोकुलथुम्कालगायतका पर्यटकीय क्षेत्रहरुको गुरुयोजना बनाइने उपप्रमुख गोमा मगरले बताइन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



