अडियो नोटिस बोर्ड सञ्चालनमा

पुस ६ शुक्रवार, २०७५
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाले अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा भएका गतिविधिलाई सहज ढंगले जानकारी दिनका लागि अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याएको नायव सुव्वा पुष्पराज राईले जानकारी दिए ।

पालिकाले सञ्चालनमा ल्याएको १६१८०७०७०३६०१ नम्बर डायल गरेपछि गाउँपालिकाको वेभसाइड तथा अन्य सूचनाहरु प्राप्त गर्न सकिने सूचना प्रविधि अधिकृत सुजिव तामाङले बताए ।

यस्तै, गाउँपालिकाले मंसिर ४ गतेबाट मोवाइल एप्स पनि सञ्चालनमा ल्याएको छ । मोवाइल एप्स सञ्चालनमा ल्याउने बराहपोखरी जिल्लाकै दोस्रो गाउँपालिका हो ।