जिल्लामा चिसो बढ्यो

न्यानोको खोजी : चिसो बढेसँगै खोटाङको दिक्तेलमा सडकमा आगो बालेर ताप्दै ।

 

पुस ६ शुक्रवार, २०७५
खोटाङ । जिल्लामा चिसो बढेसंगै जनजीवन प्रभावित बनेको छ । केही दिन यता जिल्ला सदरमुकाम दिक्तेललगायत उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन प्रभावित बनेको हो ।

चिसो बढेका कारण कतिपय ठाउँमा आगो बालेर चिसो छलिरहेका छन् भने कतिपय बाक्लो तथा उनीको कपडा लगाएर घर बाहिरको काममा निस्किने गरेका छन् । दैनिक बिहानदेखि बेलुकासम्म भीडभाड भइरहने दिक्तेलबजार चिसोका कारण सुनसान बनेको छ ।

चिसोका कारण बिद्यार्थीहरुलाई बढी मारमा परेका छन् । जिल्लाको ट्याम्के, रुपाकोट, स्याल्मे, नुनथलालगायतका उच्च लेकाली क्षेत्रमा अधिक चिसो बढेको छ ।