सुत्केरी बचाउन जहाज चार्टर
पुस ७ शनिवार, २०७५
जाजरकोट । चार दिनकी सुत्केरीको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि जहाज चार्टर गरी नेपालगन्ज लगिएको छ । जाजरकोट अस्पताल पु¥याइएकी जाजरकोट भेरी नगरपालिका–३ ठाँटीकी प्रतिभा पुन थापालाई जहाज चार्टर गरी शुक्रबार नेपालगन्ज पु¥याइएको हो । उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । उनलाई २ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरी उपचारका लागि नेपालगन्ज लगिएको हो ।
नर्मल डेलिभरीबाट चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोरा जन्माएकी प्रतिभा बिहीबार घर फर्किएको केही समयपछि रक्तश्राव बढ्दै गएपछि उनी बेहोस भएकी थिइन् । उनलाई तत्काल जाजरकोट अस्पताल पु¥याइए पनि दक्ष चिकित्सक र उपकरण अभावमा उनको उपचार हुन सकेको थिएन ।
अस्पतालले नेपालगन्ज रिफर गरिदियो । ‘सुत्केरीको ज्यान बचाउँन छिटो सुविधा सम्पन्न अस्पताल लैजान जाजरकोट अस्पतालका डाक्टरले सल्लाह दिए’, श्रीमान् पदम थापाले भने, ‘तर कसरी लैजाने ? स्थलमार्गबाट लैजाँदा कम्तीमा ५ घण्टा लाग्छ, त्यसैले जहाज चार्टर गर्नुप¥यो । आजको अन्नपुर्ण पोष्टमा खबर रहेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



