हलेसी तुवाचुङ नगरपालिकामा मेलमिलाप तालिम
पुस ८ आइतवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, न्यायिक समिति, सामाजिक अभियान्ता लगायतका लागि मेलमिलाप तालिम सुरु गरिएको छ । स्थानीय विवादलाई मेलमिलापको माध्यमबाट गाउँमै टुंग्याउनका लागि नगरपालिकाका जनप्रतिनिधि, न्यायिक समिति, न्यायिक समितिका सचिवालय, सामाजिक अभियान्ता, कम्तीमा १० वर्ष सरकारी सेवामा काम गरिसकेका र सरकारी सेवाबाट अवकाश प्राप्त स्थानीयलाई सहभागी गराएर मेलमिलाप सम्बन्धी तालिम आयोजना गरिएको हो ।
घर परिवार, छिमेकी तथा समुदायभित्र आइपर्ने सानातिना विवादलाई दुबैपक्षको उपस्थितिमा चित्त बुझ्नेगरी टुंग्याउने अभ्यासको विकासका लागि नगरपालिकाका ११ वडाका जनप्रतिनिधि, अधिकारका क्षेत्रमा क्रियासिल अधिकारकर्मी, कर्मचारी लगायतका लागि मेलमिलाप तालिमको आयोजना गरिएको हो ।
गाउँमा देखा पर्ने विवादलाई गाउँमै हल गर्ने मेलमिलापकर्ता उत्पादनका लागि मिडियसन नेपालको टोलीले सहभागी ३० जनालाई मेलमिलापका विषयमा प्रशिक्षण दिइरहेको नगरपालिकाकी उपप्रमुख विमला राईले वताईन् । नगरपालिकाको न्याय सम्पादनमा प्रत्यक्ष हात रहने भएकाले न्यायिक समितिका ३ जना र न्यायिक सचिवालयका २ जनालाई तालिममा सहभागी गराइएको छ । सहभागीमध्ये १० जना महिला छन् ।
पारिवारिक विवाद, लेनदेन, जग्गा जमिन जस्ता देवयानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिट लगायतका फौजदारी मुद्दा, व्यापार वा व्यवसायिक प्रकृतिका जुनसुकै विवाद मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने भएकाले सोही उद्देश्य अनुसार तालिमको आयोजना गरिएको हो । नेपाल सरकार बादी हुने अर्थात गम्भीर प्रकृतिका फौजदारी मुद्दा बाहेकका साना तिना मुद्धा मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने उपप्रमुख राईले बताईन् ।
शनिबार सुरु तालिममा सहभागीलाई द्वन्द्व÷विवादको अवधारणा र विकास, विवाद समाधानको परम्परागत तरिका, मेलमिलापको महत्व, मेलमिलापकर्ताको भूमिका, दायित्व, मेलमिलाप वार्ताको सीप, मेलमिलाप प्रक्रिया लगायतका विषयमा जानकारी दिइने छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



