आत्महत्या गर्न लागेका युवकलाई प्रहरीले बचायो
पुस ९ सोमवार, २०७५
खोटाङ । खोटाङमा आत्महत्या गर्न लागेको अवस्थामा युवकलाई प्रहरीले बचाएको छ । ‘पासो लगाएर झुण्डिएर आत्महत्या गर्छु’ भन्दै रुखमा चढेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय युवकलाई प्रहरी चौकी नुनथलाका प्रहरी सहायक निरीक्षक धनबहादुर सुनुवारले बचाएका हुन् । घर नजिकैको रुखमा चढेर झुण्डिएर आत्महत्या गर्न लागेकाले उद्धारका लागि खबर पाए लगत्तै घट्नास्थल पुगेका प्रहरी सहायक निरीक्षक सुनुवारले राई थरका युवकलाई रुखबाट सकुशल झारेका हुन ।
एक हातमा वियरको फुटेको बोत्तल बोकेका युवकले उद्दारका लागि रुखमा चढ्न खोज्ने स्थानीयलाई ‘फुटेर धारिलो भएको बोत्तलले हान्ने र आत्महत्या गर्ने’ त्रास देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । उद्धारका लागि रुखमा चढ्न खोज्दा बोत्तलले हान्ने र आत्महत्या गर्ने धम्की दिएपछि प्रहरी समेत केही समय अलमलमा परेको थियो । जोखिम मोलेर रुख चढेका प्रहरी सहायक निरिक्षक सुनुवारलाई युवकले बोत्तलले प्रहार गरे पनि नलागेपछि उद्धार सहज भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।
रुखबाट पासोबाट छुटाएर जमिनमा झारेपछि उनले प्रहरी सहायक निरीक्षक सुनुवारलाई मुक्काले मुखमा प्रहार गरेको बताइएको छ । उद्दार गरिएका युवकलाई उपचार गर्ने गरी आफन्तको जिम्मामा छाडिएको छ । बेला–बेलामा मानसिक सन्तुलन गुम्ने समस्याबाट पीडित रहेको प्रहरीले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



