जीपी कोईराला फाउण्डेसन स्थापना
पुस १५ आईतवार, २०७५
खोटाङ । खोटाङमा जीपी कोईराला फाउण्डेसन स्थापना गरिएको छ । पूर्वप्रधानमन्त्री एबं कांग्रेस पूर्वसभापति स्वर्गीय गिरीजाप्रसाद कोईरालाको स्मरणमा खोटाङमा जीपी कोईराला फाउण्डेसन बनाइएको हो । फाउण्डेसनका १ नम्बर प्रदेशकी संयोजक ईन्दिरा थापाको उपस्थितिमा शनिबार खेमबहादुर खड्काको संयोजकत्वमा ९ सदस्यीय जीपी कोईराला फाउण्डेसन गठन गरिएको हो ।
फाउण्डेसनका सह–संयोजकमा छत्रकुमार बजिमय, सचिवमा चक्र राई, सहसचिवमा युधिर शाक्य र कोषाध्यक्षमा डिल्लीकुमारी आचार्य चयन भएका छन् । निर्मला ढकाल, समुन्द्र जोशी, रामचन्द्र केसी लगायत सदस्य चयन भएका छन् । फाउण्डेसनको प्रदेश सल्लाहकारमा जिल्ला सभापति नरेश श्रेष्ठ चयन भएका छन् ।
जीपीको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यकासाथ फाउण्डेसन गठन गरिएको कांग्रेसले जनाएको छ । फाउण्डेसन निर्माण लगत्तै कांग्रेसको दिक्तेलस्थित वीपी स्मृति भवनमा कार्यालय खडा गरिएको संयोजक खड्काले बताए । कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



