नगरमा वी–फिल कार्यक्रम सञ्चालन गरिने
पुस १७ मंगलवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘सशक्तिकरणका लागि महिला संलग्नता तथा जीविकोपार्जनका लागि उद्यमशिलता’ कार्यक्रम सञ्चालन हुने भएको छ । क्रिस्चियन एड र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पा खोटाङले ‘सशक्तिकरणका लागि महिला संलग्नता तथा जीविकोपार्जनका लागि उद्यमशिलता’ (वी–फिल) कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, सोल्मा, नेर्पा, दोर्पाचिउरीडाँडा, नुनथला, बुईपा र बिजयखर्क सहित ९ वडामा डिसेम्बर २०१८ देखि आगामी ३० मार्च २०२१ सम्म कार्यक्रम सञ्चालन गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मागमा आधारित उद्यमशिलता विकास कार्यक्रम, विपद व्यवस्थापन तयारी योजना निर्माण, लैंगिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन, जीविकोपार्जनका लागि सीपमुलक तालिम लगायतका गतिविधि सञ्चालन गरिने परियोजनाका व्यवस्थापक युवराज रिजालले बताए ।
कार्यक्रमका लागि क्रिस्चियन एडले १ करोड ४७ लाख ५९ हजार ९९७ र नगरपालिकाले ५ लाख आर्थिक सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वी–फिल कार्यक्रम सडकको पहुँच बिस्तार भएका वडामा सञ्चालन गर्न लागिएको बालसेवाले जनाएको छ । परियोजनाको हरेक कार्यक्रममा ५० प्रतिशत महिलाको सहभागीता रहने छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



