अनिवार्य र निःशुल्क शिक्षाको हकलाई कार्यान्वयनमा ल्याउन माग
पुस १७ मंगलवार, २०७५
खोटाङ ।नेपाल विद्यार्थी संघ खोटाङले नागरिकको माबि तहसम्मको अनिवार्य र निशुल्क शिक्षाको हकलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकार समक्ष माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै नेविसंघले नेपालको संबिधान २०७२ को धारा २१ (२) बमोजिक प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने तथा मावि तहसम्मको शिक्षा निशुल्क पाउने हकलाई कार्यान्वयन गरेर शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालयको घेराभित्र आउने वातावरण सिर्जना गर्न माग गरेको हो ।
माबि तहसम्मको शिक्षालाई निशुल्क हक भनिए पनि विभिन्न बाहनामा शिक्षाको नाममा शुल्क उठाउने काम यथावत रहेकाले आवाज उठाउनु परेको नेबिसंघले जनाएको छ ।
संघका जिल्ला सभापति राजकुमार बस्नेतले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत पठाइएको ज्ञापन–पत्रमा शिक्षा सम्बन्धी नागरिहको हकलाई कार्यान्वयनमा ल्याएर विकसित समाज, सुसँस्कृत नेपाली बनाउँदै राष्ट्रियता, लोकतन्त्र, संघीयता र संबिधानको कार्यन्वयन गरी अमनचयनको अनुभुती दिलाउन माग गरिएको छ ।
‘सरकार यतिबेला मुलुकमा दण्डहिनताको पक्षमा, चोर, डकैत, बलात्कारी, माफीयातन्त्रको पक्षमा लागेर नेपालीको हुर्मत लिने काम गरिरहेको छ,’ विज्ञाप्तिमा भनिएको छ, ‘सरकारलाई उक्त यात्राबाट सच्चिएर नागरिकको हक र अधिकारको पक्षमा लाग्न सचेत र आग्रह गर्दछौँ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



