ट्याक्टरमा पानी ओसारेर गाउँमा बाड्दै नगरपालिका
पुस १८ बुधवार, २०७५
खोटाङ । पिउने पानीको चरम अभाव हल गर्नका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ट्याक्टरबाट पानी ओसारेर वितरण सुरु गरेको छ । कतिपय मुहान सुकिसकेको र भएका मुहानले पनि धान्न छाडेपछि नगरपालिकाले ट्याक्टर खरिद गरेर पानी ओसारेर वितरण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, दुर्छिम र अर्खौलेमा ट्याक्टरबाट ओसारिएको खोलाको पानी वितरण गर्ने गरिएको नगरप्रमुख ईवन राईले बताए ।
ट्याक्टरले एक पटकमा ४ हजार लिटर पानी वितरण गर्ने गरेको छ । शुक्रबार र सोमबार अर्खौलेमा, मंगलबार, बुधबार र बिहिबारका दिन डिकुवा र च्यास्मीटार तथा शनिवार र आईतबार बाहुनीडाँडामा पानी आसार्ने व्यवस्था मिलाइएको नगरप्रमुख राईले बताए । तोकिएको दिनमा ट्याक्टरले समय भएसम्म २÷३ पटकसम्म पानी ओसारेर वितरण गर्ने गरेको छ । ‘ट्याक्टरबाट ओसारेको पानी पर्याप्त होईन, पानीको मागलाई पूर्ति गर्न सक्दैन,’ नगरप्रमुख राईले भने, ‘थोरै भए पनि राहतका लागि पानी ओसारेर वितरण सुरु गरेका हौँ ।’
खानेपानीको विकराल समस्या भएका कारण २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाभित्रका महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडामा दुधकोसीको पानी निकाल्नका लागि खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको काम चालु रहेकै समयमा नगरपालिकाले अल्पकालिन रुपमा ट्याक्टरमा ओसारेको पानी बितरण सुरु गरेको जनाएको छ । त्रिधार्मिकस्थल हलेसी रहेको नगरपालिकाका अधिकांश वडाका दायाँ–बायाँबाट सुनकोसी र दुधकोसी बगे पनि बस्तीमा पिउने पानीको चरम अभाव छ । सुक्खाग्रस्त क्षेत्रका कतिपय ठाउँमा वर्षाको पानी ट्यांकीमा संकलन गरेर पिउन, लुगा धुन र गाईवस्तुलाई खुवाउन उपयोग गर्ने गरिएको छ ।
सदियौंदेखि उपयोग हुँदैआएको पानीको मुहान सुक्दा साविकको बाहुनीडाँडा–६ पकम्चे र लिङलाम, बाहुनीडाँडा–७ झापा र तल्लो झापा, बाहुनीडाँडा–८ डुम्रे र बाहुनीडाँडा–९ चुखाम गाउँमा पानीको अभाव चर्किएपछि स्थानीय बेता खोलासम्म पुग्ने सडक निर्माण गरेर ड्रममा भरेको पानी ट्याक्टरमार्फत ओसार्ने गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा विनियोजन गरेको १० लाख बजेटमा लिङलामदेखि बेता खोला पुग्ने १८ सय मिटर सडक निर्माण गरेर खोलाको पानी ओसारेर गाउँमा वितरण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा वडाध्यक्ष रुद्र राईले बताए ।
बाहुनीडाँडामा बेता खोलाबाट ट्याक्टरमा ल्याइएको पानी लिङलाम, पकम्चे, झापा, तल्लो झापा, डुम्रे हुँदै चुखामसम्म पु¥याएर वितरण गर्ने गरिएको छ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



