सिमेन्ट उत्पादनका लागि बोझेढाँडमा भौगर्भिक अध्ययन सुरु
पुस १९ बिहिवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको बोझेढाँडमा रहेको चुनढुंगाबाट सिमेन्ट उत्पादनका लागि विस्तृत भौगर्भिक अध्ययन थालिएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा रहेको बोझेढाँढमा पाइने चुनढुंगाबाट सिमेन्ट उत्पादनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत खानी तथा भूगर्भ विभागले भौगर्भिक अध्ययन थालेको हो ।
च्यास्मीटार र बडहरेको सिमानादेखि हलेसीसम्म फैलिएको ढुंगा खानीबाट सिमेन्ट उत्पादन गर्न सकिने वा नसकिने भन्ने विषयमा सम्भाव्यता अध्ययनका लागि मंसिर २७ गतेदेखि भौगर्भिक अध्यायन थालिएको खानी तथा भूगर्भ विभागका एक अधिकारीले बताए ।
नगरपालिकाको ठूलो क्षेत्र ढाकेको चुनढुंगा सिमेन्ट उत्पादनका लागि उपयुक्त भए÷नभएको बिषयमा विस्तृत सर्भे, नमूना संकलन एबं ड्रिल मेसिन प्रयोग गरेर जमिन छेड्न ड्रिलिङका काम भइरहेको छ । सिमेन्ट बनाउन प्रयोग हुने कच्चा पदार्थको प्रारम्भिक चरणको ढुंगा परिक्षणकाक्रममा खानी तथा भूगर्भ विभागका ९ सहित २३ जनाको टोली बोझेढाँडमा खटिएका छन् ।
टोलीले बोझेढाँडमा ३ महिनासम्म बसेर सो स्थानको ढुंगा सिमेन्ट उत्पादनका लागि ‘योग्य भए÷नभएको, योग्य भए कति मात्रामा छन्, कति गहिराईसम्म छन्’ भन्ने विषयमा अध्ययन र अन्वेषण गर्ने छन् । विभागले बार्षिक कार्यक्रम अनुशार बोझेढाँडमा सिमेन्ट बनाउन योग्य कच्चा पदार्थको मात्रा र गुणस्तर बारे अध्ययन गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
‘बोझेढाँडमा सिमेन्ट उत्पादनका लागि उपयुक्त कच्चा पदार्थको मात्रा र गुणस्तरको विषयमा अध्ययन गर्न टोली आएको हो,’ नगरप्रमुख राईले भने, ‘पर्याप्त गुणस्तर र परिमाण देखिए सिमेन्ट उद्योग स्थापनाको लागि बाटो खुल्ने विभागको पत्रमा उल्लेख छ ।’
तीन महिनासम्मको भौगर्भिक अध्ययनपछि चुनढुंगामा सिमेन्ट बनाउने पर्याप्त गुणस्तर र मात्रा देखिए सरकारले सिमेन्ट उद्योग स्थापनाका लागि प्रकृया खुल्ने विभागले जनाएको छ ।
बिगत लामो समयदेखि बिभिन्न कम्पनीले बोझेढाँडको ढुंगा परिक्षण गर्दै आएपनि उत्खनन्को काम अघि बढ्न सकेको छैन । बोझेढाँडमा सिमेन्ट उद्योग स्थापनाको चर्चा २०५६ सालमै भएको थियो । तर, ल्यावटेष्टका लागि विभिन्न ठाउँका चुनढुंगा कुँदेर काट्ने काम बाहेक अन्य काम हुन सकेको छैन । बोझेढाँडमा ठूलो क्षेत्र ओगटेको कडा र कालो रंगको ढुंगा सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थका रुपमा प्रयोग गर्न सकिने सम्भावना पूष्टि भए सो क्षेत्रमा उद्योग खुल्नेमा स्थानीय आशावादी देखिएका छन् । चुनढुंगाको पहाड बडहरेको बोझेढाँड, दुर्छिम हुँदै हलेसीसम्म फैलिएकाले सिमेन्ट उद्योगका लागि सयौं वर्ष उद्योग धान्ने कच्चा पदार्थ रहेको अनुमान गरिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



