वाइडबडी प्रकरणमा हाम्रो पार्टीले कसैलाई जोगाउँदैन, दोषीलाई कारबाही हुनुपर्छ : सांसद भट्टराई
पुस २२ आइतवार,२०७५
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाइडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी देखिने कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखेका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै लेखा समितिका सदस्य एवम् नेकपाका सांसद विशाल भट्टराईले वाईडबडी खरिद प्रकरण नेपालको इतिहासमा कलंक भएको टिप्पणी गरे ।
उनले भने, ‘यो नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको नमूना घटना हो । नेपाल एयरलायन्सको इतिहासमा अरु थुप्रै काण्डहरु छन् । वाईडबडी खरिद प्रक्रियामा ठूलो घोटाला भएको छ । ठूलो अनियमितता भएको छ । यसमा कुनै द्धिविधा छैन । दोषीहरुलाई कारबाही गर्नुपर्छ ।’
उनले आफूहरुले कसैलाई पनि नजोगाउने स्पष्ट पारे । उनले भने, ‘बदमास गर्नेजति सबैलाई कारबाही गर्नुपर्छ । हामी कारबाही गर्छौं । यो विषय कसैको लागि पनि क्षम्य हुँदैन ।’
आफ्नो पार्टीले कसैलाई पनि जोगाउने वा बचाउने काम नगर्ने उनको भनाई थियो । उनले भने, ‘नेकपाले कसैलाई छुट दिँदैन ।’ यद्यपी उनले लेखा समितिद्धारा गठित छानबिन उपसमितिको प्रतिवेदन संशोधनसहित आउनुपर्ने धारणा राखे । भट्टराईले भने, ‘प्रतिवेदन संशोधनसहित आउँछ । हामी प्रतिवेदनलाई सोमबारको बैठकमा निश्कर्षमा पु¥याउँछौं ।’
उपसमितिको प्रतिवेदनलाई अंकुश लगाउनको लागि वा लेखा समितिको समानन्तर समितिको रुपमा सरकारले उच्चस्तरीय छानबिन न्यायिक समिति गठन नगरेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘सरकारले गठन गरेको उच्चस्तरीय समितिबाट हाम्रो समितिलाई अंकुश लगाउने कुनै काम हुँदैन ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



