जलविद्युत आयोजनाको काममा अवरोध
पुस २२ आइतवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको काममा अवरोध सिर्जना गरेका छन् । स्थानीयसँग समन्वय नगरी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमामा पर्ने ३ सय मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस र सुरुङ निर्माणका लागि भौगर्भिक अध्ययनको काम सुरु गरिएको भन्दै अवरोध सिर्जना गरेका हुन् ।
स्थानीयको अवरोधका कारण पुस २० गतेदेखि धितुङमा आयोजनाको भौगर्भिक अध्ययनको काम रोकिएको वडाध्यक्ष पृथीराज राईले बताए ।
स्थानीसँग समन्वय गरेर मात्र जलबिद्युत आयोजनाको बाँकी काम अघि बढाउन माग गर्दै सरोकार तथा संघर्ष समितिले आईतबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् ।
पुस २० गते निरकुमार राईको संयोजकत्वमा गठित ३५ सदस्यीय सरोकार तथा संघर्ष समितिले स्थानीयलाई २५ प्रतिशत शेयर प्रदान गर्न, निशुल्क विद्युत सेवा उपलव्ध गराउन, दिर्घकालिन तथा अल्पकालिन अशरको क्षतिपूर्ति व्यवस्था गर्न, स्थानीयलाई रोजगारीको अवशर दिन लगायतमा माग राखेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



