दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई बर्थिङ सेन्टर स्तरोन्नती
पुस २२ आइतवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई बर्थिङ सेन्टर स्तरोन्नती गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित वर्थिङ सेन्टर मर्मत, सम्भार एबं स्तरोन्नति गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले यसअघि नै स्थापना गरेको काम चलाउ वर्थिङ सेन्टरलाई वन हर्ट वल्डवाईड र नगरपालिकाको संयूक्त लगानीमा स्तरोन्नती गरिएको हो ।
ढुंगा माटोले बनाइएको स्वास्थ्य चौकीको कोठामा स्थापना गरिएको बर्थिङ सेन्टरलाई टायल हालेर, रंगरोगन, वायरिङ, प्लाम्बिङ गरेर आधुनिक औजार–उपकरण व्यवस्था गरेर सुबिधा सम्पन्न बनाइएको छ । स्वास्थ्य चौकीको बाहिरी आवरण समेत रंगरोगन गरेपछि नगरप्रमुख दिपनारायण रिजालले शुक्रबार दोर्पाचिउरीडाँडा र बिहिबार बुईपाको बर्थिङ सेन्टर उद्घाटन गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयकै सुरक्षित मातृत्व कार्यक्रमलाई सहयोग पु¥याउँदै आएको वन हर्ट वल्डवाईडले दुई बर्थिङ सेन्टर स्तरोन्नतीका लागि ७५ प्रतिशत लगानी गरेको जनाएको छ । दुबै बर्थिङ सेन्टरको गर्भ जाँच गर्ने, सुत्केरी गराउने र सुत्केरी भएपछि स्याहार गर्ने कक्षामा टायल हालेर, रंगरोगन, वायरिङ, प्लाम्बिङका काम गरेर उपकरणयुक्त बनाउन सहयोग गरिएको वन हर्ट वल्डवाईडका जिल्ला संयोजक सुर्य उप्रेतीले बताए ।
बर्थिङ सेन्टरमा सुत्केरी गराउन आवश्यक उपकरण व्यवस्थाका साथै बर्थिङ सेन्टरमा कार्यरत अनमीलाई दक्ष प्रसुती सम्बन्धी दुई महिने तालिम दिलाउन सहयोग गरिएको वन हर्ट वल्डवाईडले जनाएको छ । बुईपा बर्थिङ सेन्टरलाई ग्रामिण अल्ट्रासाउण्ड मेसिन समेत उपलव्ध गराइएको संयोजक उप्रेतीले बताए ।
बुईपा र दोर्पाचिउरीडाँडाको बर्थिङ सेन्टर स्तरोन्नतीमा सहयोग गरेकामा वन हर्ट वल्डवाईडलाई कदरपत्र सहित सम्मान गरिएको छ । वन हर्ट वल्डवाईडले जालपा स्वास्थ्यचौकी र जिल्ला अस्पताललाई समेत ग्रामीण अल्ट्रासाउण्ड मेसिन प्रदान गरेको जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



