खिदिमामा निर्माणाधिन स्वास्थ्य चौकीको भवन अलपत्र
पुस २२ आइतवार, २०७५
खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा निर्माणाधिन स्वास्थ्य चौकीको भवन अलपत्र परेको छ । १ करोड ४९ लाख २६ हजारको लागतमा ठेकेदार कम्पनी सूर्य कन्ट्रक्सन फर्म प्रालि विरेन्द्रनगर सुर्खेतले जिम्मा लिएको स्वास्थ्य चौकीको भवन निर्माणको काम अलपत्र परेको हो । ठेकेदारका प्रतिनिधिले स्वास्थ्य चौकीको एक तला ढलान गरेर छाडेपछि भवन निर्माणको काम अलपत्र परेको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मनीकुमार राईले बताए ।
दुई तले सुविधा सम्पन्न भवनको एक तलामा ढलान गरेपछि २०७४ साल चैत्रदेखि नै स्वास्थ्य चौकी निर्माणको अन्य काम रोकिएको स्थानीयले बताएका छन् । शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय उदयपुर अन्तरगत जिल्ला एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तरगत स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएको हो । ठेकेदारको ढिलासुस्तीका कारण सम्झौता मितिमा स्वास्थ्य चौकीको पक्की भवन निर्माणको काम पूरा हुने छाँट नदेखिएको वडाध्यक्ष राईले बताए ।
२०७३ साल असोजमा सम्झौता गरिएको स्वास्थ्य चौकी भवन निर्माणको कामको म्याद आगामी जेठ १५ गतेसम्म रहेको छ । ‘स्वास्थ्य चौकीको भवन बनाउने काम बन्द भएको वर्ष दिन नै हुन लाग्यो,’ वडाध्यक्ष राईले भने, ‘बाँकी रहेको म्यादभित्र भवन निर्माणको काम पूरा हुनेमा आशंका छ ।’ स्वास्थ्य चौकीको भवन निर्माणमा ठेकेदारको चरम ढिलासुस्ती हुँदा र बेलामा भवन निर्माण नहुँदा स्थानीय असन्तुष्ट छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



