प्रस्ताव लेखन र स्थानीय सरकारसँग सम्बन्ध बिस्तार सम्बन्धी तालिम सुरु

पुस २२ आइतवार, २०७५
खोटाङ । खोटाङको सुंदेल र फेदीमा प्रस्ताव लेखन र स्थानीय सरकारसँग सम्बन्ध विस्तार सम्बन्धी तालिम सुरु भएको छ । सवल–सामुदायिक समुत्थानका लागि दिगो विकास कार्यक्रम अन्तरगत केपीलासगढी गाउँपालिका–७ सुंदेल र केपीलासगढी गाउँपालिका–१ फेदीमा आईतबारदेखि कृषक समुह तथा विस्थारित घरायसी खाद्यान्न उत्पादन समुहका अगुवाहरुका लागि प्रस्ताव लेखन र स्थानीय सरकारसँग सम्बन्ध विस्तार सम्बन्धी दुई दिने तालिम सुरु गरिएको हो ।

स्थानीय समुहलाई समस्या पहिचान तथा श्रोत विश्लेषण गर्दै वडाको वास्तविकतामा आधारित रहेर प्रस्ताव–पत्र लेखन सम्बन्धी दक्षता अभिवृद्धिका लागि यूएसएडको आर्थिक सहयोगमा जनसेवा समाज नेपाल जालपा खोटाङले तालिमको आयोजना गरेको हो ।

सुंदेल र फेदीमा कृषक समुह तथा विस्थारित घरायसी खाद्यान्न उत्पादन समुहका २०/२० जनाको सहभागीता रहेको जनसेवा समाज नेपालका सबल परियोजनाको कार्यक्रम संयोजक प्रदीप अर्यालले बताए ।