गाउँपालिकाले २१० जना शिशुलाई शिशु प्रवद्र्धन पोषण भत्ता वितरण
पुस २२ आइतवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले २१० जना शिशुलाई शिशु प्रवद्र्धन पोषण भत्ता वितरण गरेको छ । बच्चा गर्भमा छँदा आमाले चार पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा गरेको, नियमित स्वास्थ्य जाँच गराएको, जन्म दर्ता गराएको लगायतका मापदण्ड पूरा गरेको आधारमा गाउँपालिकाले प्रतिवच्चा मासिक एक हजारका दरले साउनदेखि पुस महिनासम्मको पोषण भत्ता वितरण गरेको हो ।
महिला गर्भवती भएदेखि बच्चा दुई वर्षको नहुनजेलसम्म आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा हुने भएकाले गाउँपालिकाले आमा र बच्चाको स्वास्थलाई मध्य नजर गरेर गाउँपालिकामा स्वस्थ नागरिक उत्पादन गर्दै ‘स्वस्थ गाउँपालिका’ निर्माणका लागि शिशु प्रवद्र्धन पोषण भत्ता वितरण कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
शिशु पोषण प्रवद्र्धन कार्यक्रम वापतको भत्ता दुई वटा बच्चा भएसम्म मात्र उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ । ‘भ्रष्टाचार रहित जस्तै स्वस्थ गाउँपालिका बनाउनका लागि हामीले दुई वर्षमुनिका बालबच्चाका लागि प्रोत्साहन भत्ता दिन थालेका हौँ,’ गाउँपालिका प्रमुख राईले भने, ‘प्रोत्साहन भत्ताका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । दुई भन्दा बढि बच्चा जन्माएको हकमा भने प्रोत्साहन भत्ता दिइने छैन ।’
नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलव्ध गराएको प्रमाणका आधारमा गाउँपालिकाले वडा नम्बर १ याम्खाका ४६ जना, वडा नम्बर २ डाँडागाउँका ४२ जना, वडा नम्बर ३ छोरम्बुका २४ जना, वडा नम्बर ४ बतासेका २५ जना, वडा नम्बर ६ सप्तेश्वर छितापोखरीका ३१ जना, वडा नम्बर ६ छितापोखरीका १३ जना र वडा नम्बर ७ टेम्माका २९ जना दिप्रुङ चुईचुम्मा गाउँपालिकाको स्वास्थ संयोजक मुस्ताक अहमत मन्सुरीले जानकारी दिए ।
यस्तै, गाउँपालिकाले गाउँपालिकाभित्रका ७५ जना महिला स्वास्थ स्वमसेविकालाई मासिक ५ सयको दरले जनही ३ हजार यातायात खर्च पनि वितरण गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



