प्रत्येक वडामा पत्रकार उत्पादन गर्न आधारभूत पत्रकारिता तालिम
पुस २४ मंगलवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित चार दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नगरका प्रत्येक वडामा व्यवसायिक पत्रकार उत्पादन गरी गाउँठाउँमा बसोवास गर्ने हरेक नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकायमा पु¥याउने उद्देश्यले गरिएको चार दिने आधारभूत पत्रकारिता तालिम मंगलवार सम्पन्न भएको हो ।
नगरपालिकाको आर्थिक सहयोगमा तुवाचुङ साप्ताहिक पत्रिकाको आयोजनामा गरिएको तालिम समापन कार्यक्रममा नगर प्रमुख इवन राईले विश्वसनीय र तथ्यमा आधारित भएर पत्रकारिता गर्न सहभागीलाई सुझाव दिदै “देखेको र सुनेको कुराहरुलाई मात्र समाचार बनाउनु हुँदैन ।” उनले भने, “विषय वस्तुको गहिराइसम्म पुगेर तथ्यपरक ढंगबाट समाचार सम्प्रेषण गर्नुस् । तपाईहरुलाई नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग हुनेछ ।”
समापन कार्यक्रममा सहभागी वक्ताहरुले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागी प्रशिक्षार्थीलाई आग्रह गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख विमला राई, सम्पादक समाज खोटाङका अध्यक्ष कृष्ण आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सभाषद् दिलीप खत्री, प्रदेश सभाषद् केदार मगर, जिल्ला सचिव उत्तम चौलागाई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दुर्छिम माविको हलमा आयोजित तालिममा सहभागीलाई सञ्चारमाध्यम, पत्रकार, पत्रकारिता, समाचार लेखन, संकलन, पत्रकार आचारसंहिता, सूचनाको हक लगायतका विषयमा जानकारी गराइएको तालिम संयोजक एवम् तुवाचुङ साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक दिपेन्द्र राईले बताए । तालिममा नगरभित्रका ११ वडाबाट २६ जना सहभागी थिए ।

KHOTANGTODAY ONLINE TV
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



