आवधिक विकास योजना तथा पाश्र्व चित्र निर्माण
पुस २४ मंगलवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गाउँपालिकाको दीर्घकालीन सोंच राखेर आवधिक विकास योजना तथा पाश्र्व चित्र निर्माण गर्नका लागि तीन दिने अभिमुखीकरण गोष्ठी शुरु गरेको छ । गाउँपालिकाको भूगोल, कृषि, पर्यटन, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, जनसंख्या लगायतका अन्य विविध विषयवस्तुमाथि छलफल गर्नका लागि मंगलवारबाट तीन दिने अभिमुखीकरण गोष्ठी शुरु गरेको हो ।
भावी दिनमा विकास निर्माणको कामलाई सहज ढंगबाट अगाडि बढाउन र जनताको भावना अनुरुप काम गर्न सकियोस भन्ने उद्देश्यले पालिकाको आवधिक विकास योजना तथा पाश्र्व चित्र निर्माण गर्न लागिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । गोष्ठीमा पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल, जिल्ला समन्वय समिति सदस्य, परियोजनाका प्रतिनिधि, प्रत्येक वडाबाट एक महिलासहित २ जना, विद्यालयका प्रधानाध्यपक, सञ्चारकर्मी, नागरिक समाजलगायतको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
आगामी फागुनसम्ममा पुरा गर्ने गरी स्वीस परियोजनाको सहयोगमा गाउँपालिकाले आवधिक विकास योजना तथा पाश्र्व चित्र निर्माणको काम गर्न लागेको जनाएको छ ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



