प्राविधिक शिक्षा प्रति राष्ट्रको लगानी
युवराज रोइला
मानवजीवन वा समाजका लागि आवश्यक तथा निर्माणात्मक कार्य सञ्चालन गर्ने वैज्ञानिक तरिकाबाट लिइने विद्या वा ज्ञानलाई नै प्राविधिक शिक्षा भनिन्छ । सामान्यतः प्राविधिक शिक्षा भन्नाले सीप र व्यवसायमुखी शिक्षा भन्ने बुझिन्छ । प्रविधिक शिक्षा अन्तर्गत पेशाका रुपमा अङ्गाल्न सकिने डाक्टर, नर्सिङ्, इन्जिनियरिङ, कृषि आदि विषय क्षेत्रहरु पर्दछन् । यस्ता विषयको शिक्षा हासिल गरिसकेपछि सहज किसिमले रोजगारीको सम्भावना बढी हुन्छ ।
विकासोन्मुख देश नेपाल दक्षिण एसियाको एक भूपरिवेष्ठित मुलुक हो । प्राविधिक शिक्षाको अभावले हाम्रो देश विज्ञान, कला र शिल्प प्रयोगका दृष्टिले निकै पछि परेको छ । राष्ट्रले विकास–निर्माणका कामका योजनाहरु सम्पन्न गर्न योजना तर्जुमा गर्छ तर दक्ष प्राविधिकहरुको अभावमा योजनाले पूर्णता पाउँदैन । समान्य विषय पढेर सबै क्षेत्रबारे थोरै ज्ञान हुनुभन्दा कुनै एक क्षेत्रको विशिष्टताले धेरै फाइदा पु¥याउँछ । निर्माण कार्यहरु र विकासका योजनाहरु प्राविधिक शिक्षाको अभावमा सम्भव हुँदैन । त्यसैले देशको सम्पूर्ण रुपमा विकास गर्नका लागि प्राविधिक शिक्षाले शैक्षिक योग्यता बढाउनुका साथै सीप विकास समेत गर्दछ । त्यसैले आज प्राविधिक शिक्षा आवश्यक भइसकेको छ ।
नेपाल भैगोलिक विकटताले युक्त मुलुक हो । यहाँका पहाडी इलाका अझैपनि स्वास्थ्य, शिक्षा, सडक, पुल, विद्युत, भवन आदि विकास निर्माणका दृष्टिले धेरै पछाडि छन् । विश्व कहाँबाट कहाँ पुगिसक्यो, तर हाम्रो देश अभै पनि ढुङ्गे युगमै रहेको छ । अधिकांश विद्यालय तथा महाविद्यालयहरुका सैद्धान्तिक शिक्षणपद्धति लागू गरिएको छ । जबसम्म यहाँको पाठ्यक्रममा प्राविधिक र व्यावहारिक शिक्षा लागू गरिदैन तबसम्म शिक्षित वेरोजगारको सङ्ख्या पनि बढ्दै जान्छ । प्राविधिक शिक्षाले मात्र पढाईप्रति गरिएको लगानीको सही प्रतिफल दिनुका साथै दक्ष जनशक्तिको उत्पादनमा वृद्धि हुन्छ । प्राविधिक क्षिक्षाले देशमा विकास निर्माण र व्यावसायिक उन्नतिकाद्धारहरु खोल्न सक्छन् । यसको अभावमा आफूसँग भएका भौतिक तथा प्राकृतिक सम्पदाको उपयोग गर्न सकिदैन ।
उदाहरणका लागि नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देशको रुपमा चिनिन्छ तर प्राविधिक विज्ञ तथा शिक्षाको कमीले त्यसको सही उपयोग हुन नसक्दा वर्षायाममा पनि लोडसेडिङ्ले अन्धकारमा वस्नुपर्ने अवस्था छ । लोडसेडिङ् मुक्त देश नेपाल भनेर घोषणा गरिएतापनि कार्यान्यवन हुन सकेको छैन् । दुर्गम भेगका अधिकांश ठाउँहरु अझै सोलार र टुकीको साहाराले रात कटाउन वाध्य छन् । सिँचाइको अभावमा कृषि खेती योग्य जमिन त्यसै सुकेर गैरहेका छन् । विकासका स्रोत प्रशस्त भएपनि नेपाल प्राविधिक शिक्षाको कमिले झन् गरिबी तिर धकेलिदै छ । हातमा सीप भएको मानिस अर्काको भर पर्नु पर्दैन । त्यसै आत्मनिर्भर रहेर सम्मानपूर्वक जीवन चलाउनका लागि व्यवसायमूलक सीप सिक्नु जरुरी छ । जसका लागि प्राविधिक शिक्षा अत्यन्त आवश्यक हुन्छ ।
प्राविधिक शिक्षा विकासको सूत्र हो । जसका माध्यमबाट देश र देशवासीको भाग्य रेखाहरु कोरिन्छन् । त्यसैले व्यावहारिक र प्राविधिक शिक्षा आजको आवश्यकता हो । यसका लागि सर्वप्रथम आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्दछ । सस्तो र सुलभ तरिकाले सर्वसाधारणका छोराछोरीले पनि पढ्न पाउने र तिनको आर्थिक क्षमताले भ्याउने गरी प्राविधिक शिक्षा लिन सक्ने गरी सरकारले व्यवस्था गर्नुपर्दछ । जवकी यस्तो शिक्षा लिनलाई विदेशी मुलुक जान नपरोस्, राष्ट्रले यस किमिमको प्राविधिक शिक्षालाई प्राथमिकता प्रदान गर्नुपर्दछ । संसारमा विकास भएका नविनतम प्रविधिहरुको अधिक मात्रामा प्रयोग गरी देशलाई वैज्ञानिक, व्यावसायिक तथा सीपमूलक कौशलता प्रदान गर्नु प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता बनेको छ । यसका लागि राज्यले मात्र नभई मुलुकभरका ७५४ वटा स्थानीय तहहरुले पनि उचित लगानी गरी प्राविधिक शिक्षालाई व्यवस्थित र सर्वसुलभ बनाउनु जरुरी रहेको देखिन्छ । जय प्राविधिक शिक्षा ।
(लेखक रोइला नेपाल पत्रकार महासंघ खोटाङ जिल्ला सदस्य तथा इमेज टेलिभिजनका पत्रकार हुन ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



