प्रदेश सांसदले पनि अधिकांश बजेट सडकमै लगाए

पुस २५ बुधवार, २०७५
खोटाङ । खोटाङ जिल्लामा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन भएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा जिल्लाको पूर्वाधार विकासका लागि खोटाङ क्षेत्र नम्बर १ (क) र (ख) मा प्रदेश सांसद मार्फत आएको ४ करोड बजेट सडक निर्माण तथा स्तरोन्नती, विद्युत, खानेपानी, खेलमैदान, सामुदायिक विद्युतिकरण, पर्यटन र सिंचाईमा विनियोजन गरिएको छ ।

जसअन्तर्गत खोटाङ (क) मा १३ वटा सडकको लागि १ करोड ३८ लाख रुपैया विनियोजन गरिएको छ भने खोटाङ (ख) मा ११ वटा सडकको लागि १ करोड ३५ लाख रुपैंया बिनियोजन गरिएको बुधबार जिल्ला समन्वय समितिको हलमा आयोजित पत्रकार सम्मेलनमा योजना सार्वजनिकिकरण गरिएको हो । कूल ३२ वटा योजनामध्ये २४ वटा योजना सडक निर्माणका छन् ।

खोटाङ (क) अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा खेलमैदानका लागि १७ लाख, जाल्पा बहुउद्देश्यीय सामुदायिक भवनको लागि १० लाख, बुइपाबजार”कोल्फेडाँडा”दम्कु सडक विस्तारका लागि १३ लाख बजेट विनियोजित गरिएको छ भने ऐसेलुखर्क गाउँपालिकाको दिम्मा”बगर ”थुम्वेवर पारा सडकको लागि १० लाख, बाकाचौल”वौद्धडाँडा हुँदै महाजन टोल सडकको लागि १२ लाख र नेरुङ ”लेवा कृषि सडकको लागि १२ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, रावावेशी गाउँपालिकाको डुम्रे”आहाले”बसेरी”दुवेकोल सडकको लागि १५ लाख, कुभिण्डेदम्कु सडकको लागि १२ लाख, हौचुर रावाखोला करिडोर सडकको लागि १० लाख विनियोजन गरिएको छ भने केपिलासगढी गाउँपालिकाको बाक्सिला बहुउद्देश्यीय रंगशालाको लागि ३५ लाख, चरिंखे सुम्धे चोकेध सडकको लागि १० लाख बजेट विनियोजन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका अन्तर्गत बलुई”वाईटार”रातमाटे सडकको लागि १० लाख, तुवाचुङ”चिचिङ्गा”सल्ले सडकको लागि ८ लाख, बस्नेतटोल”दुम्देलो सडक हलेसीको लागि ८ लाख, बोजेखोला”हैदे”दाम्दाले सडकको लागि ८ लाख र अर्खौले सुत्केरीढुंगा”रिठ्ठाबोटे”स्कुलहुँदै”फेदीसम्मको कृषि सडकको लागि १० लाख रुपैया विनियोजन गरिएको खोटाङ (क) का सांसद राजन राईले जानकारी दिए ।

यता, खोटाङ (ख) अन्तर्गत बराहपोखरी गाउँपालिकाको सिन्ताङ”बाखोर कोछाले”चमेरेघाट सडक स्तरोननति र निर्माणको लागि ३० लाख, दामारखोला मुहान चेखेथुम सुन्तले खानेपानीको लागि ५ लाख बजेट विनियोजन गरिएको छ भने जन्तेढुंगा गाउँपालिकाको होङ्मापोखरी निर्माण तथा पर्यटन प्रवद्र्धनका लागि १० लाख, काहुले”मुर्लुम्पा”हिलेटार बोपुङ सडकको लागि २३ लाख र देविस्थान कुटिटार खानेपानी योजनाको लागि ७ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

यस्तै, खोटेहाङ गाउँपालिकाको खोटाङ मेर्ला सिम्पानी सडक स्तरोन्नतिका लागि १३ लाख, लिच्कीराम्चे देउराली”आहाले”कुभिण्डे”कोटपोखरी सडकको लागि १७ लाख बजेट विनियोजन गरिएको छ भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ओख्रेडाँडागाउँ”चारकिल्ला”खमारे ”जमुने”दिखुवा दोभान सडक निर्माणको लागि १४ लाख, जनप्रभात प्रावि नौला”वाराम्तुङ”रेग्मीटार सडकको लागि १४ लाख र कामीडाँडा ”ओख्रेबजार”स्यालगौडे सडक स्तरोन्नतिको लागि ७ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, साकेला गाउँपालिकाको डाँडागाउँ”छापटोल”साप्सु सडकको लागि १७ लाख, सिंचाई पोखरी खिदिमाको लागि ८ लाख र रतन्छा दिपज्योती सामुदायिक विद्युतीकरणको लागि ५ लाख रुपैया बजेट विनियोजन गरिएको छ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङ”रिठ्ठाबोटे”दोर्पा ”लामदुवाली ग्रामीण कृषि सडकको लागि ११ लाख, नेर्पा संसारीडाँडा”वेशीटोल जोड्ने सडकको लागि ६ लाख तथा अल्छेढुंगा”नेर्पा”दुमुली”लामीदुवाली सडक खण्ड अन्तर्गतको मेवाखोला”चिउरीडाँडाको पुरानो गाविस भवनसम्मको सडक स्तरोन्नतीको लागि १३ लाख रुपैया बजेट विनियोजन गरिएको खोटाङ (ख) का सांसद रामकुमार राई (पासाङ)ले जानकारी दिए ।

प्रत्यक्ष जननिर्वाचित प्रतिनिधिको संयोजकत्वमा समानुपातिक सांसद, जिल्ला समन्वय समिति प्रमुख सहित स्थानीय समन्वय अधिकारी सदस्य सचिव रहने कार्यसमितिले प्रदेशको बजेट बाँडफाँड गरेको जनाइएको छ ।